नेशनल लाईफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

लोकपथ
56
Shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न भएको छ ।

कम्पनीले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेसप्रसाद खत्रीसँग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको हो ।

बागतमी प्रदेशबाट योग्य भएका करिब ११० जना अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा सीईओ खत्रीले लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

उनले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा ‘मिट द सीईओ’ स्किम ल्याइएको र नेपालभरबाट तीन सय जना भन्दा बढी अभिकर्ताहरु छनोट हुन सफल भएकोमा बधाई दिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले कम्पनीका सीईओ खत्रीसमक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रूपमा जानकारी गराउन पाएकोमा खुसी व्यक्त गरेका थिए ।

यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्तरक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?