काठमाडौं । सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङ सुन्दरहरैंचाका २० वर्षीय सन्देश उराव रहेका छन् ।
कोशी गाउँपालिका–१ लौकही बजारस्थित मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी एक हजारको नोट दिएकोमा उक्त नोट नक्कली रहेको शंका लागि पसल धनीले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार बेलुकी पक्राउ गरेको हो।
साथै प्रहरीले उनीहरूको साथबाट २ थान र सामान किनेको दुई वटा पसलबाट १/१ थान गरी उक्त एक हजार दरको ४ थान नक्कली नेपाली नोट बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया