चितवन हात्ती तथा पर्यटन महोत्सव पुष १५ गतेदेखि

लोकपथ
14
Shares

काठमाडौं । क्षेत्रीय होटेल संघ नेपाल चितवनले १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ आयोजना गर्ने भएको छ । 

मंगलबार पत्रकार सम्मेनमार्फत संघले,क्षेत्रीय होटेल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा आगामी पौष ११ गतेदेखि १५ गतेसम्म महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । 

आयोजकले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामू परिचित गराउन थप योगदान पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरेको जनाएको छ । महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरूको आगमनमा वृद्धि हुने गरेको पनि आयोजकले जानकारी दिएको छ । 

‘सौराहामा हामीले दुई दशक अघिदेखि आयोजना गर्दै आएको महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको महसुस गर्दै रोकिएको महोत्सवलाई पुन सञ्चालनमा ल्याएका हौँ । महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरूको आगमनमा वृद्धि हुने गरेको छ। महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्त्व समेत उजागर गर्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरमा महत्त्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास रहेका छ ।’

पर्यटन सम्बन्धित गतिविधिहरू र स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्दै राष्ट्रिय स्तर सम्म पहिचान गराउन सक्नु पनि महोत्सवको विशेषता रहेको छ ।  आयोजकका अनुसार महोत्सवमा विभिन्न निजी स्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?