काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुँदै

लोकपथ
189
Shares

काठमाडौं । ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुँदैछ । यो घोषणा टेलिभिजन, फेसबुक र युट्यूबमा प्रत्यक्ष प्रसारण गरिनुका साथै ईसेवा मनि ट्रान्सफर र ईसेवाको आधिकारिक फेसबुक पेजमार्फत पनि प्रत्यक्ष हेर्न सकिनेछ।

ईसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोबारलाई प्रोत्साहन गर्ने हेतुका साथ दुई वर्ष अघि सुरु गरेको मेरो डिजिटल देश अभियानले १४ महिना अघि पुन निरन्तरता पाउँदै काठमाडौंमा घर उपहार दिने विशेष योजना सार्वजनिक गरेको थियो।

सो योजनाअन्तर्गत विदेशबाट ईसेवा मनि ट्रान्सफरमार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाउने सेवाग्राहीहरू मध्ये एक जना भाग्यशाली विजेताले काठमाडौंमा घर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । यो अवधिभर १० जना भाग्यशाली विजेताले आफूले पठाएको रकम दोब्बर गरिसकेका छन् भने चार परिवारले विशेष सर्प्राइज पुरस्कार पनि प्राप्त गरिसकेका छन्।

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले ‘मेरो डिजिटल देश’ अभियान देश तथा विदेशमा रहेका नेपालीहरूको अनुहारमा खुसी ल्याउने प्रयास भएको र काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको पर्खाइमा रहेको बताए । यो योजनाको मुख्य उद्देश्य भनेको सहज र सुरक्षित तवरले डिजिटल माध्यमबाट विदेशमा रहेका नेपालीले पठाएको माया घरसम्म पुर्‍याउनु रहेको उनले बताए ।

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रहरूमार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?