रियल मड्रिडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

लोकपथ
448
Shares

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा इंग्लिस क्लब लिभरपुलले रियल मड्रिडलाई २-० ले हराउँदै शीर्ष स्थानमा पुगेको छ । ५ खेलबाट १५ अंक जोडेर लिभरपुल शीर्ष स्थानमा पुगेको हो । तेस्रो हार व्यहोरेको रियल समान खेलबाट ६ अंकसहित २४औँ स्थानमा छ ।

यसअघि च्याम्पियन्स लिगको दुई फाइनल सहित ८ खेलमा लिभरपुल जित निकाल्न असफल भएको थियो । तर यस पटक भने लयमा रहेको लिभरपुलले रियललाई सहजै हरायो । च्याम्पियन्स लिगमा लिभरपुलको यो लगातार पाँचौ जित हो ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुई गोल गर्‍यो । ५२औँ मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ७६औँ मिनेटमा गाक्पोले गोल गरे ।

खेलमा लिभरपुल र रियल दुवैले पेनाल्टी मिस गरेका थिए । रियलका केलिएन एमबाप्पेले ६१औँ मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् । लिभरपुलका सालाहले ७०औँ मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?