काठमाडौं । परिवार विवाहबाट सुरु हुन्छ। विवाह एउटा अन्तरलैगिंक सम्बन्ध हो। वैवाहिक सम्बन्ध रहस्यमय हुन्छ। जो समर्पणता अर्थात् वाचाबन्धन गरेर सुरु गरिन्छ र यो सम्बन्ध जीवनभरि रहिरहन्छ। वैवाहिक जीवनमा सबैभन्दा ठूलो समस्या पैसाको कमी र यौन असन्तुष्टीका कारण उत्पन्न हुन्छ भनेर भनिन्छ । तर, जीवनभरको सम्बन्ध विगार्ने कुरा यी मात्रै होइनन् । कहिलेकाँही खुलेर कुराकानी नहुनु, एक अर्काको रवैया र अविश्वास जस्ता कुराले पनि वैवाहिक जीवनमा दरार ल्याउन सक्छ । स्वस्थ, खुशी रोमान्टिक सम्बन्ध बनाइराख्न कलह वा सम्बन्ध विच्छेदको कारण बन्न सक्ने सामान्य समस्यालाई चिनेर यसलाई जरैदेखि अन्त्य गर्न जरुरी छ ।
जो कोहीको जीवनमा यस्तो समय आउँछ, जहाँ कयौं पटक त मान्छेलाई आफ्नो आनीबानी नै सम्बन्धमा तिक्तताको कारण बन्न सक्छ भन्ने बुझ्नै सक्दैनन् । तपाई वा तपाईको जीवनसाथी वा पार्टनरमा पनि यस्ता समस्या छन् भने यी बानी त्याग्न जरुरी छ ।
स-साना कुरामा रिसाउनु
सबै मानिसमा समय समयमा रिस या क्रोधको भावना उत्पन्न हुने गर्दछ त्यो सामान्य हुनसक्छ तर यसले गर्दा तपाईंको जीवनमा नकारात्मक प्रभावहरू परिरहेको हुन्छ जसले गर्दा आफ्नो वैबाहिक सम्बन्धमा दरार आउन सक्छ ।
कुराकानी नहुनु
तपाई अनि तपाईको जीवनसाथीबीच कुराकानी नै हुँदैन वा राम्ररी बोलचाल हुँदैन भन्ने कुराले जो कोही अचम्भित हुनसक्छ । किनकि यस्तो बानीले हर कोहीको सम्बन्धलाई बिगार्नसक्छ । खराब सञ्चारको कारण विवाहित जोडीमा कोही एक जनाले आफ्ना कुरा सुनेन, अपमानित गरिदियो वा एक्लिएको अनुभव गर्छ भने उसको सम्बन्ध लामो समयसम्म चल्न असम्भव छ ।
तर, यसको पनि अनेक रुप हुन सक्छ । आफूलाई के भइरहेको छ, कस्तो स्थितिबाट गुज्रिरहेको छुँ भन्न नसक्नु नियमित रुपमा भावना व्यक्त गर्न नसक्नु आदिले एक अर्काप्रति प्रेमको भावनालाई कम गर्नसक्छ । नियमित रुपमा भावना व्यक्त गर्न नसक्दा स–साना समस्याले पनि दूरी बढाउन सक्छ ।
तेस्रो व्यक्तिको दख्खल
हाम्रो घर समाजमा हरेक सम्बन्धमा बाहिरी मान्छेको दख्खल हुन्छ । यसले पनि कहिलेकाँही वैवाहिक जीवनमा नराम्रो प्रभाव पार्न सक्छ । बाआमा, साथीभाई यहाँसम्म बच्चाले पनि विवाहमा अनुचित प्रभाव पार्न सक्छन् । निर्णय दिने दम्पत्ति वा जोडीको प्रक्रियालाई तेस्रो पक्षले जानी नजानी प्रभावित गर्छ भने यसमा संघर्ष हुन्छ । जोडीको इच्छा अनि प्राथमिकता विपरीत गलत निर्णय पनि हुन सक्छ । तेस्रो पक्षको उपस्थितिले आपसी विश्वास कम गर्न सक्छ । आफ्नो राय र प्राथमिकतालाई वेवास्ता गरिएको एक जनालाई लाग्छ भने उसमा आफ्नो जीवनसाथीप्रति अरुची पैदा हुनसक्छ ।
विश्वासमा कमी
हरेक सम्बन्धको आधार हो, विश्वास । पतिले पत्नीमाथि शंका गर्नु वा पत्नीले आफ्नो पतिमाथि शंका गर्नुले लामो समयसम्म सम्बन्धमा तिक्तता पैदा गर्न सक्छ । सम्बन्धलाई स्वस्थ बनाएर चलाइराख्ने हो भने यो काम ठीक होइन । यो रवैया सबैले बदल्नु पर्छ । आफ्नो जहानमाथि विश्वास गर्नुहोस् । कुनै समस्या उत्पन्न भयो भने खुलेर यसबारे कुराकानी गर्नुहोस् । बिनाकारण एक अर्कामाथि शंका गर्नु हुँदैन । यस्तो बानीले सम्बन्धमा दरार उत्पनन गराउन सक्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया