काठमाडौं । बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाकामा नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई सघाउने भएको छ ।
यसअघि स्वामीकार्तिक खापरमा माओवादीबाट उपाध्यक्षका लागि राजुकुमारी विक उम्मेदवा रहेकी थिइन् । तर त्यहाँको गाउँपालिका कमिटीले विकको उम्मेदवारी फिर्ता गरी एमालेका उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो । आफ्नो उम्मेदवारी फिर्ता गरेसँगै राजुकुमारीले एमाले उम्मेदवार सुलोचना भण्डारी बुढालाई मत माग्न हिँडेकी थिइन् ।
केन्द्रमा विपरित गठबन्धनमा रहेको एमालेलाई समर्थन गरेको भन्दै माओवादी केन्द्रले एकीकृत समाजवादीको उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको हो ।
पार्टी उपमहासचिव समेत रहेका सुदूरपश्चिम प्रदेश ईन्चार्ज गिरीराजमणी पोखरेलले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी जवा शाहीलाई मतदान गर्न निर्देशन दिएका हुन् ।
‘केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी को बिचमा केन्द्रीय गठबन्धन गरेर जाने भन्ने सहमति भएको सन्दर्भमा बाजुरा स्वामिकार्तिक खापर गाउँपालिकामा यही मंसिर १६ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले एमालेलाई गरेको समर्थन सच्याइ यस उपचुनावमा नेकपा माओवादी केन्द्रको समर्थन नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई गर्ने र नेकपा एकीकृत समाजवादी पार्टीको उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन गरिन्छ,’ पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसो त यसअघि कीर्तिपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रृय पारी माओवादी केन्द्रलाई सघाउने निर्णय गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया