काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।
उनले आर्थिक क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै कछुवाको गतिमा हुने सुधारले गर्न सम्भव नभएकोे बताए । उनले नेपालको पहिलो पटक भएको कन्ट्री रेटिङ रिपोर्टमा डबल बी माइनस रेटिङ पाउनु मुलुकको लागि सुखद् पक्ष भएको बताए । उनले दक्षिण एसियामा भारतपछि नेपाल लगानीको क्षेत्र आकर्षक भएको देखिएको पनि बताए । उनले अब सरकारले नीतिगत सुधार गरी कार्यान्वयन ल्याए मात्रै कन्ट्री रेटिङको फाइदा दिन सक्ने बताए । उनले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएर निजी क्षेत्रको पनि समावेश गरिन स्वागतयोग्य भएको बताए ।
उनले भने,‘नेपालको अर्थतन्त्रमा प्लाष्ट्रिकजन्य उद्योगहरुले उद्यमशीलता प्रवर्द्धनका साथै ग्रामीण र शहरी क्षेत्रमा आर्थिक गतिविधिका क्षेत्रमा भूमिका खेलेको छ । यो क्षेत्रमा नेपालमा करिब ७५ हजार मानिसहरूले रोजगारी पाएका छन् । कुल औद्योगिक उत्पादनमा प्लाष्ट्रिकजन्य उद्योगको हिस्सा ५ प्रतिशत छ जसले राष्ट्रिय उत्पादनमा योगदान पुर्याउँदै आएको छ । कच्चा पदार्थ आयातमा भन्सारदर घटाउनुपर्छ । साप्टा आदी सुविधाका कारण कच्चा पदार्थमा तयार वस्तुभन्दा बढी भन्सार तिर्नुपरेको छ । नेपालको कन्ट्री रेटिङ पहिलो पटक भएको छ । डब्बल बी माइनस रेटिङ पाउनु मुलुकको लागि धेरै सुखद् पक्ष हो । दक्षिण एसियामा भारतपछि लगानीको क्षेत्र आकर्षक भएको देखिएको छ । यसलाई सरकारले नीतिगत सुधार गरी कार्यान्वयन ल्याए मात्रै कन्ट्री रेटिङको फाइदा दिनसक्छौँ । उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएर निजी क्षेत्रको पनि समावेश गरिएको छ । आर्थिक क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता छ । त्यो काममा सरकार अग्रसर हुन आवश्यक छ । अर्थतन्त्रमा देखिएको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया