काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिका वडा नं ९ मा रहेका विद्यालयहरुमा वडास्तरीय परीक्षा हुने भएको छ ।
वडाभरिका विद्यालयको परिक्षा चुस्तदुरुस्त, पारदर्शी र एकरुपता ल्याउन वडास्तरीय परीक्षा सञ्चालनमा ल्याउन लागिएको वडाध्यक्ष हरिषचन्द्र जोशीले बताए ।
वडाले नयाँ शैक्षिकसत्र सुरु हुनेबेलैबाट त्यसको तयारी गरेको थियो । गत कार्तिक ८ गते बसेको वडाध्यक्ष जोशीको अध्यक्षतामा बसेको बैठकले विद्यालयका प्राधानाध्यापकहरुसँग छलफल गरी वडास्तरीय परीक्षा सञ्चालन समिति सुनकुडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन बहादुर बमको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो ।
कुन विद्यालयमा कुन विषय कति पठाएको छ भन्ने जानकारी आएको र सोही अनुसार प्रश्नपत्र निर्माणको काम तीव्र रुपमा अघि बढेको बमले बताए ।
जसअनुसार कुनै पनि शिक्षकले घरमा लगेर कापी जाँच गर्न नपाउने र जाँचिएको कापी पनि सम्परीक्षण गरिने उनले बताए ।
वडाभित्रका सम्पूर्ण विद्यार्थीको एकीकृत मूल्यांकन हुने तथा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिनेछ । जसले वडाभित्र रहेका एक अर्का विद्यालयको शैक्षिकस्तर थाहा हुने र थप प्रतिष्पर्धा हुनेमा विश्वस्त रहेको वडाध्यक्ष जोशीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया