रियलमीको पाँचौं सर्भिस सेन्टर दाङमा

लोकपथ
35
Shares

काठमाडौं । रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौं सर्भिस सेन्टर उद्घाटन गरेको छ । यो रियलमीको लुम्बिनी प्रदेशमा खोलिएको पहिलो सर्भिस सेन्टर हो ।

यस सर्भिस सेन्टरको उद्घाटनसँगै देशभरका आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट बनाउने रियलमीको प्रतिबद्धतालाई सुदृढ गरेको छ ।

काठमाडौं, पोखरा, इटहरी र धनगढीसँगै अब दाङ सर्भिस सेन्टरले नेपालको पश्चिमी क्षेत्रका ग्राहकहरूका लागि सहज सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । यस सर्भिस सेन्टरमा प्रयोगकर्ताहरुले मर्मत तथा मेन्टेनेन्स सेवा, डाइग्नोस्टिक्स र ट्रबल सुटिङ, र वारेन्टी तथा सर्पोट जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् । 

रियलमीका बढ्दो ग्राहक आधारलाई ध्यानमा राखेर उद्घाटन गरिएको यो सर्भिस सेन्टरले रियलमीका स्मार्टफोन सम्बन्धी सबै समस्याहरूको द्रुत र प्रभावकारी समाधान गर्ने कम्पनीले बताएको छ । 

बिहान १० बजे देखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने यस सर्भिस सेन्टरमा दक्ष एवम् प्रशिक्षित प्राविधिकहरूको टोलीले रियलमीको ग्लोबल स्ट्यान्डर्ड अनुरूपका उच्च–गुणस्तरीय सेवा प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?