काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लागिछानेलाई पोखराबाट थप छानबिनका लागि केहीबेरअघि काठमाडौं ल्याइएको छ ।
उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगेको आरोप रहेको छ ।
त्यसो त यसअघि नै अन्य दोषीहरुलाई काठमाडौं ल्याएर बयान लिइएको छ ।
गत कार्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की लगिएको थियो । त्यस्तै बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको छानबनिका लागि रुपन्देही हुँदै काठमाडौंसम्म ल्याइएको हो ।
गोरखा मिडिया नेटवर्कको नाममा सञ्चालित ग्यालेक्सी टेलिभिजनमा विभिन्न सहकारीबाट रकम ल्याइ हिनामिना गरेको आरोप उनीहरुमाथि रहेको छ । लामिछाने गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेका थिए ।
लामिछानेलाई काठमाडौं ल्याउने भनिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर रविका समर्थकहरुको ठूलो भीड लागेको थियो । लामिछानेका समर्थकहरुले चर्को नाराबाजी समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया