काठमाडौं, १६ कात्तिक — मंसिर २१ गते हुने दोस्रो चरणका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि भएको उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण र राजनीतिक दलहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको निर्वाच्न आयोगले जनाएको छ दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त साँझ ८ः३० बजेसम्मको विवरण अनुसार, प्रतिनिधिसभातर्फ १,७४२ र प्रदेशसभा सभातर्फ २,९६६ गरी जम्मा ४,७०८ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी जम्मा ३३४ महिला उम्मेदवार रहेका रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया