‘मेरो डिजिटल देश’ अभियानमा सहभागि अञ्जुला घिमिरेले जितिन् इमाडोलमा साढे दुई तल्लाको घर

लोकपथ
119
Shares

काठमाडौं । ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा सहभागि अञ्जुला घिमिरेले इमाडोलमा साढे दुई तल्लाको घर जित्न सफल भएकी छन् । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत अञ्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएका हुन्।

बुधबार ईसेवा मनि ट्रान्सफर र र्इसेवाको आधिकारिक फेसबुक पेजसँगै टेलिभिजनमार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो। विजेताले महालक्ष्मी नगरपालिका ललितपुर वडा नं. ३, इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्ने सुनौलो अवसर प्राप्त गरेकी हुन् ।

प्रत्यक्ष प्रसारणमार्फत डिजिटल गोलाप्रथाको मध्यमबाट विजेता घोषणा गरिएको थियो । विजेता घिमिरेले रोमानियाबाट ईसेवा मनि ट्रान्सफरमार्फत र्इसेवा वालेटमा रेमिट्यान्स पठाएकी थिइन् ।

ईसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सको वैधानिकता प्रवर्द्धन गर्न र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो। यसैअन्तर्गत, २०८० असोज १ देखि २०८१ कार्तिक ३० गतेसम्म रेमिट्यान्स पठाउने सहभागीमध्येबाट एकजनालाई बम्पर उपहार स्वरूप काठमाडौंमा घर दिने घोषणा गरेको थियो।

कार्यक्रममा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले डिजिटल रेमिट्यान्सको महत्त्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गरे । उनले ‘‘मेरो डिजिटल देश’ अभियानले रेमिट्यान्सलाई वैधानिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । देशलाई डिजिटल बनाउने यस अभियानप्रति योगदान पुर्याउने सबै नेपालीलाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि रेमिट्यान्सलाई डिजिटल र विश्वसनीय बनाउँदै थप प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले विजेतालाई बधाई दिँदै डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै विश्वभर रहेका नेपालीहरूलाई आफ्नो देश र परिवारसँग अझ नजिक बनाउन ‘मेरो डिजिटल देश’ अभियानले महत्वपूर्ण योगदान पुर्याएको बताए ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलीका साथै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। इसेवा वालेट, बैंक तथा वित्तीय संस्था, र आफ्ना भुक्तानी केन्द्रहरूको माध्यमबाट सेवा दिने यो कम्पनी, एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो। यसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?