नेपाल बैंकका ग्राहकले पाउनेछन् सिद्धि पोली प्याथ ल्याबमा विशेष छुट

लोकपथ
35
Shares

काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडौंको डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याबका विभिन्न सेवाहरूमा विशेष छुट मिल्ने भएको छ । नेपाल बैंक र सिद्धि ल्याबबीच भएको सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकले यस ल्याबका विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।

उक्त सम्झौतामा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबका प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरे । उक्त सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुको लाभ उठाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?