कुमारी बैंकका ग्राहकलाई भिजन कार्ट क्लिनिकमा ४० प्रतिशतसम्मको छुट

लोकपथ
14
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौं बुढानीलकण्ठ स्थित भिजन कार्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन् । क्लिनिकले प्रदान गर्ने सेवाहरूमा ५ देखि ४० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएसँगै अब कुमारी बैंकका ग्राहकलाई क्लिनिकमा सो छुट मिल्ने भएको हो

सम्झौताअनुसार भिजन कार्लबाट कुमारी बैंकका ग्राहकहरूलाई ओपीडी शुल्क र ल्याब परीक्षणमा ४०% सम्म (अधिकतम चार हजारसम्म)को छुट मिल्ने छ ।

यसैगरी, निःशुल्क कनट्याक्ट लेन्स परामर्श र कनट्याक्ट लेन्समा ५% सम्म छुट दिइने पनि सम्झौतामा उल्लेख छ । पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धि शल्यक्रिया गर्दा ५% छुट, सन ग्लासमा १०% छुट र ज्येष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइने क्लिनिकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?