महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरणमैत्री कार्यक्रम सञ्चालन

लोकपथ
0
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गरेको छ ।

सोहीअन्तर्गत महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनको लागि दिने र सोमार्फत प्राप्त रकम गरिब तथा असहाय विधार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गर्ने गरी राउण्ड टेबल नेपालसँग समझदारी गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नै तिनकुने टोल सुधार समिति काठमाडौंलाई फोहोर व्यवस्थापनमा सहयोग पु¥याउन डस्टबिन वितरण गरेको छ । चार सयभन्दा बढी घरधुरी रहेको उक्त टोलमा स्वच्छता र हरियाली प्रवद्र्घन गर्ने उद्देश्यका साथ ५० वटा डष्टबिन वितरण गरिएको बैंकले जनाएको छ ।

यस्तै बैंकले ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा सांस्कृतिक गहना र सम्बन्धित कलाकृतिहरुको प्रदर्शनका साथै विभिन्न रत्नादी भएको परम्परागत आभुषणहरुको प्रदर्शन गर्न आयोजित ‘पाटन हेरिटेज रनवे’ आयोजना गर्न आर्थिक सहयोग पनि गरेको छ ।

बैंकले दैनिक कामकाजलाई सहज रुपमा सञ्चालन गर्न आवश्यक पर्ने कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्ची जस्ता कार्यालय सामग्री खरिद गर्न शिव मन्दिर, बसडिलवा, सिदार्थनगर, रुपन्देहीलाई बैंकले आर्थिक सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?