काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरू अनुदान स्वरूप अघि बढाउन चीन सकारात्मक रहेको बताएकी छन्
चीन भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्रमन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्टअन्तर्गतका योजनाहरू अनुदानका रूपमा अघि बढाउन चीन सकारात्मक रहेको बताएकी हुन् ।
देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिनसक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पष्ट पारेको पनि परराष्ट्रमन्त्री देउवाले जानकारी दिइन् ।
उनले भ्रमणमा दुई देशको परास्परिक सम्बन्धलाई मजबुत बनाउने, भइरहेको कामहरु कसरी निरन्तरता दिने बारेमा छलफल भएको बताइन् । सो बारेमा चीन सरकारले आफूहरू आन्तरिक सल्लाह गर्ने र निर्णय लिने एवं नेपाललाई पनि आन्तरिक सल्लाह गरेर प्राथमिकताका साथ एजेण्डाहरु ल्याउन आग्रह गरेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया