काठमाडौं । चोरी तथा सार्वजनिक अपराध मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं.४ खस्त्राङ बस्ने नन्द बहादुर गुरुङ र तनहुँकै म्याग्दे गाउँपालिका वडा नं. २ काफलथोक बस्ने आयुष घिमिरे रहेका छन् ।
प्रहरीले उनीहरुलाई उनीहरुकै घरमा लुकिछुपी बसेको अवस्थामा आइतबार पक्राउ गरेको हो ।
सम्बन्धित अपराध मुद्दामा तनहुँ जिल्ला अदालतले गुरुङलाई १ महिना कैदकाे साथै १६ हजार ८ सय चालिस रुपैयाँ र घिमिरेलाई एक हजार रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ पश्चात् सोही जरिवाना भुक्तानीको लागि जिल्ला अदालत तनहुँ उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया