काठमाडौं । बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–१५ बस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी रहेका छन् ।
चौधरीले एक जना पीडितबाट क्यानडा पठाइदिन्छु भनेर ३ लाख ४८ हजार रुपैयाँ लिएर सम्पर्क विहीन भएका थिए ।
साेही पीडितले दिएको जाहेरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई ललिपुरबाट बिहीबार पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया