काठमाडौं । बाजुराको स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कुल मतदाताको ५२ प्रतिशत मत खसेको छ । त्यहाँ सात हजार चार सय ६० मतदाता थिए ।
यसैगरी बझाङको सुर्मा गापा–४को वडा अध्यक्षको चुनावमा ७६ प्रतिशत, डोटीको पूर्वीचौकी गापा—६को वडा अध्यक्षको चुनावमा ५३, दार्चलाको दुहुँ गापा–५को वडा अध्यक्षको चुनावमा ६९ र कञ्चनपुर भीमदत्तनगर नगरपालिका–६को वडा अध्यक्षको चुनावमा ५५प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुखसमेत रहेका प्रेमराज भट्टले जानकारी दिए ।
पाँच पदका लागि आज भएको उपनिर्वाचनमा रहेका कुल १७ हजार तीन सय १३ मतदाता मध्ये नौ हजार सात सय ८८ ले मतदान गरका छन् ।
मतपेटिका प्राप्त भइसकेपछि मतगणनाको काम सुरु गर्ने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया