काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं ५ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनको केहीबेरअघि सम्पन्न मतगणना अनुसार नेकपा एमालेका गंगाबहादुर तामाङ ४९९ मतसहित निर्वाचित भएका हुन् ।
त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका घनश्याम दाहालले १७७ मत प्राप्त गरे ।
तेस्रो स्थान बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विष्णुप्रसाद पोखरेलले १५१ मत गरे भने माओवादीका उम्मेदवार मानबहादुर सुनुवारले २३ मत प्राप्त गरे । यसैगरी राप्रपाका चन्द्रमणी दाहालले ३ र जसपा नेपालका इन्द्रबहादुर दर्जीले ३ मत प्राप्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया