काठमाडौं महानगर–१६ रास्वपाकी श्रेष्ठको अग्रता कायमै, पच्छ्याउँदै कांग्रेस

लोकपथ
3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठले अग्रता कायमै राखेकी छिन् ।

श्रेष्ठले हालसम्म ७८० मत प्राप्त गरेकी छन् । त्यस्तै उनलाई नेपाली कांग्रेसका देवेन्द्र पाठकले पच्छ्याइरहेका छन् । हालसम्म पाठकले ५९८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेकी उम्मेदवार लक्ष्मीरत्न तुलाधरले ५२७ मत प्राप्त गरेकी छिन् ।

आइतबार भएको निर्वाचनमा विभिन्न ९ वटा मतदान केन्द्रमा १० हजार ५५८ मत खसेको थियो ।

गत निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएसँगै सो वडामा निर्वाचन भएको हो ।

अहिले मतगणना जारी रहेको छ….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?