काठमाडौं । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीका) का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनी छ सय ५५ मत प्राप्त गरेर विजयी बनेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जिउतीदेवी यादवले छ सय ३१ मत ल्याइन् । नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए । यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया