काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको ८० हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । संस्थापक शेयरधनीहरुले नै आवेदन दिन सक्ने गरी खुला गरिएको उक्त शेयरको मूल्य भने तोकिएको छैन ।
बैंकको शेयर खरिद प्रक्रिया मंसिर १७ गते सोमबारबाट नै सुरु भएको बैंकले जनाएको छ । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले मंसिर १७ गतेदेखि ३५ दिन भित्र सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा निवेदन पेस गर्न सक्नेछन् ।
आवेदकले आफूले खरिद गर्न चाहेको शेयर संख्या प्रष्ट खुलाएर निवेदन दिन सक्ने र यस यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया