बिजुलीको तारमुनिका संरचना हटाउन महानगरको ३५ दिने सूचना

लोकपथ
77
Shares

काठमाडौ । काठमाडौं महानगरपालिकाले विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । महानगरको सूचनामार्फत बिजुलीको तारमुनि रहेका घर टहरा तथा संरचना हटाएर मापदण्ड पालन गर्न आग्रह गरेको हो । 

महानगरपालिकाले आज एक सूचना जारी गर्दै यस्ता संरचना हटाउन ३५ दिनको समय दिएको छ । महानगरको सहरी व्यवस्थापन विभागद्वारा सोमवार जारी गरिएको सूचनामा मापदण्डअनुसार विद्युत् प्रसारण लाइन तथा वितरण लाइनको मुनि तथा दायाँबायाँ रहेका संरचना हटाउनुपर्ने भनिएको छ । 

महानगरले सूचनामा विद्युत् प्रसारण लाइन आसपास भवन निर्माण गर्दा विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० ले तोकेबमोजिममा प्रावधान पालना हुनुपर्ने उल्लेख गर्दै यस्तो प्रावधानको उल्लङ्घन भएको पाइएको जनाएको छ । खास गरी घर टहरा विद्यालय भवन ग्यारेज पर्खाल जस्ता संरचना प्रसारण लाइनमुनि बनेको पाइएको भन्दै महानगरले त्यस्ता संरचना हटाउन आग्रह गरेको हो । ३५ दिने सूचना जारी गर्दै महानगरले सो संरचना नहटाए कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

मापदण्डअनुसार २३० केभी देखि ११ हजार केभीसम्मको प्रसारण लाइनभन्दा १.२५ मिटर र ११ हजार केभी भन्दा माथिदेखि ३३ हजार केभीसम्म २.० मिटर टाढा रहनुपर्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?