काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएसँगै सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
‘…प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधान एवं शहरी विकासमन्त्री श्री प्रकाशमान सिंहज्यले सम्हाल्नेगरी तोक्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री ओली आज प्रतिनिधिमण्डलको टोलीसहित चीन प्रस्थान गरेका छन् । ओली आगामी मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिङपिङसहित उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया