काठमाडौं । बर्दिबास नगरपालिका–१४ मा विद्युत सट भई आगलागी हुँदा एक करोड बढीको क्षति भएको छ । बर्दिबास–जलेश्वर सडकको औरहीरोडस्थित न्यू दुर्गा इलेक्ट्रिक सप्लायर्स पसलमा गएराति आगलागी हुँदा एक करोड बढीको क्षति भएको हो ।
इलाका प्रहरी कार्यालय महोत्तरीकाअनुसार रामसेवक महतोको तीनतले घरको भूइँतलाका १३ वटा सटरमध्ये छ वटा सटरमा राखिएकाे सामान आगलागीबाट जलेर नष्ट भएको छ ।
स्थानीय, सेना र प्रहरीका साथै रामगोपालपुर नगरपालिकासहितको चारवटा दमकल प्रयोग गरी आगो निभाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया