काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा प्रहरी हिरासतमा रहेका रवि लामिछाने र दुर्गा प्रसाईँको पक्षमा देखिएका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र प्रधानमन्त्रीविरुद्ध गलत विभिन्न आरोप लगाएको आरोपमा प्रसाईँ प्रहरीको अनुसन्धानमा रहेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै थापाले अनावश्यक ढंगले अनुसन्धान लम्ब्याउने र नयाँ नयाँ आरोप थप्दै मानसिक तनाव खडा गरेको आरोप लगाए । साथै
‘रवि, छवि, दुर्गा प्रहरी अनुसन्धानमा छन्।निर्दोष वा दोषी फैसला अदालत र कानुनले गर्छ।मेरो कुनै टिप्पणी छैन। अपराधीले उन्मुक्ति पाउनु हुंदैन। तर, अनावश्यक ढंगबाट अनुसन्धान लम्ब्याउने, नयाँ नयाँ आरोप थप्दै लाने र एकप्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडाभएको छ । याथाशिघ्र अनुसन्धान टुंगाई अदालतमा बुझाउन आग्रह गर्दछु,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया