काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको पहिलो खेलमा विराटनगर किङ्ग्सले जितका लागि १८३ रनको लक्ष्य पाएको छ ।
एनपीएलका लागि पहिलो खेल खेलेको सूदूरपश्चिम रोयल्सले विराटनगरलाई जारी एनपीएलमा हालसम्मकै सर्वाधिक रनको लक्ष्य दिएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका थिए ।
त्यस्तै टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सात विकेट गुमाएर १८२ रन बनाएको हो । त्यस्तै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । उनले २४ बलमा ५७ रन बनाउन सफल भएका थिए । उनले ५ छक्का र तीन चौका प्रहार गरेका हुन् ।
अहिले त्रिवि क्रिकेट मैदानमा आफ्नो लक्ष्य पच्छ्याउन सुदूरपश्चिम रोयल्सले ब्याटिङ गरिरहेको छ ।
शनिबारबाट सुरु भएको एनपीएलमा आज दिउँसो नै चितवन राइनोज र पोखरा एभेन्जर्सबीच भिडन्त हुनेछ । यो जारी एनपीएलमा चितवन राइनोजको दोस्रो र पोखरा एभेन्जर्सको पहिलो खेल हो । सोमबार पहिलो खेल खेलेको चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया