‘सोनु निगम लाइभ इन नेपाल’ को मुख्य प्रायोजकमा दिपल

लोकपथ
42
Shares

काठमाडौं । ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतीक्षित कन्सर्टमा मुख्य प्रायोजकका रूपमा हिस्सा लिने भएको छ । दिपलले आउँदो २५ डिसेम्बर (पुस १० गते) हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ मा मुख्य प्रायोजक घोषणा गरेको हो ।

नेपाली टच इभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन आज एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दीप क्षेत्रीको सहभागिता रहेको थियो ।

प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजकका रूपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविस्मरणीय अनुभव दिलाउने दिहलको उद्देश्य रहेको र नेपाली दर्शकमाझ लेजेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए ।

त्यसै गरी, नेपाली टच इभेन्ट्सका राजगोस्वानीले दिपलसँगको यो पार्टनरसिप प्रिमियम ब्रान्ड र विश्व स्तरीय मनोरञ्जन बीचको समन्वयको प्रमाण भएको बताए ।

बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीतसङ्गीतबाट भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ । यो कन्सर्टको टिकट एक्सक्लुसिभली ईसेवामा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?