काठमाडौं । शेयर बजार परिसूचक नेप्से १७.८० विन्दुले बढेर २७७५.८५ अंकमा अडिएको छ । मंगलबार नेप्से सूचक १७.८० विन्दुले बढ्दा आठ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
सातवट समूहका सूचक सकारात्मक बन्दा पाँच वटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । यस दिन तीन सय सात कम्पनीको एक करोड ८१ लाख ६० हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।
यस दिन कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र बेस्ट फाइनान्स रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया