बिहान खाली पेटमा धनियाँको पानी पिउनुका फाइदाहरू

लोकपथ
420
Shares

काठमाडौं । धनियाँ हाम्रो भान्सामा निकै लोकप्रिय मसला हो । यो सबैको भान्सामा प्रयोग हुने सामान्य मसला पनि हो ।धनियाँले खानाको स्वाद बढाउनुका साथै हाम्रो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन–ए, भिटामिन–सी, फाइबर, क्याल्सियम, फाइबर, पोटासियम र एन्टिअक्सिडेन्ट जस्ता धेरै पोषक तत्वहरू पाइन्छ । जसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउने गर्छ । 

सामान्यतया हामी धनियाँको दानालाई खानामा स्वाद बढाउनका लागि मात्र प्रयोग गछौँ तर के तपाईँलाई थाहा छ धनियाँको पानी पिउनु स्वास्थ्यको लागि कति फाइदाजनक रहन्छ ? हरेक दिन बिहान खाली पेटमा धनियाँको पानी पिउनाले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरु हराउँदै जाने गर्छ । आज हामी तपाईँहरूलाई बिहान खाली पेटमा धनियाँको पानी पिउनुकाे फाइदाका बारेमा जानकारी दिनेछौँ ।  

प्रतिरक्षा बढाउनुहोस्

हरेक दिन बिहान खाली पेटमा धनियाँको पानी पिउनाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । यसले शरीरलाई संक्रमण र रोगबाट बचाउन मद्दत गर्छ । यसको सेवनले रुघाखोकी, भाइरल इन्फेक्सन जस्ता समस्याबाट पनि राहत पाउन सकिन्छ ।  

पाचन प्रणालीमा सुधार

बिहान खाली पेटमा धनियाँको पानी पिउनाले पाचन प्रणालीलाई पनि स्वस्थ राख्न मद्दत गर्छ । वास्तवमा, यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रक्रियालाई सुधान गर्न मद्दत गर्छ । साथै यसले आन्द्राको स्वास्थ्यलाई पनि सुधार गर्छ । यसको नियमित सेवनबाट पेट सम्बन्धी समस्या जस्तै ग्यास, अपच, कब्जियत र एसिडिटीबाट छुटकारा पाउन सकिन्छ ।

वजन घटाउन सहयोगी

बढ्दो शरीरको तौल घटाउन बिहान खाली पेटमा धनियाँको पानी सेवन गर्नु निकै लाभदायिक रहन्छ ।  वास्तवमा, यसको सेवनले  मेटाबोलिज्म बढाउँछ । जसले शरीरमा जम्मा भएको अतिरिक्त बोसो घटाउन मद्दत गर्दछ । यसका साथै यसले शरीरबाट विषाक्त पदार्थहरू हटाउँछ । जसले वजन घटाउन मद्दत गर्दछ ।

मधुमेहको जोखिम कम गर्छ

धनियाँको पानी पिउनु मधुमेह रोगीको लागि फाइदाजनक साबित हुन्छ । यसमा एन्टी–डायबेटिक गुण हुन्छ, जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । बिहान खाली पेटमा धनियाँको पानी पिउनाले इन्सुलिन उत्पादनमा सुधार ल्याउँछ र टाइप–२ मधुमेहको जोखिमलाई कम गर्छ ।

मुटु स्वस्थ राख्ने

बिहान खाली पेटमा धनियाँको पानी पिउनु मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसमा फाइबर र पोटासियम प्रचुर मात्रामा पाइन्छ, जसले शरीरमा खराब कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ । साथै, यसले उच्च रक्तचाप नियन्त्रण गर्न पनि मद्दत गर्छ । यसको नियमित सेवनले मुटुसँग सम्बन्धित रोगको जोखिम कम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?