काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
साइबर अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले प्रसाईँलाई गत मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा अर्बौँको लगानी रहेको गलत भिडियो सम्प्रेसण गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया