काठमाडौं । स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठले पद तथा गोपनियताको शपथग्रहण गरेकी छिन् ।
मंगलबार काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त भएको पदका लागि मंसिर १६ गते उपनिर्वाचन भएको थियो । २०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त भएको पदका लागि मंसिर १६ गते उपनिर्वाचन भएको थियो । यस निर्वाचनका लागि २१ हजार २५ मतदाता भएको वडामा १० हजार ३७६ सदर मत थिए । निर्वाचित अध्यक्ष श्रेष्ठ २ हजार ९०२ मत ल्याएर निर्वाचित भएकी हुन् ।
रिक्त पदमा पुष्प महर्जनले कार्यवाहक अध्यक्षका रुपमा काम गरिरहनुभएको थियो ।
शपथ ग्रहण अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थिति हुनुहुन्थ्यो ।
शपथपछि वडाध्यक्ष श्रेष्ठले आजै कार्यभार सम्हालेकी छिन् ।
पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिएको रास्वपाबाट रोजिनाले पहिलो जित निकालेकी हुन् । त्यससँगै उनी रास्वपाबाट स्थानीय तहको पहिलो जनप्रतिनिधि बन्न सफल भएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया