काठमाडौं । सुनसरीबाट प्रहरीले अवैध रुपले भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित औषधी बरामद गरेको छ । हरिनगर गाउँपालिका–५ सुकसेनास्थित भित्री सडकखण्डबाट शुक्रबार प्रहरीले करिब ९४ हजार रुपैयाँ बराबरको प्रतिबन्धित औषधी बरामद भएको हो ।
भारतबाट अवैध रुपले मोटरसाइकलमा राखी ल्याउँदै गरेको १ हजार ९४ वटा ट्रमाडोल हाइड्रो क्लोराईट क्याप्सुल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरले बरामद गरेको हो । उक्त औषधी ल्याउने व्यक्ति भने फरार रहेका छन् ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया