चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन

लोकपथ
98
Shares

काठमाडौं । नेपालका चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको आज बिहीबार उपचारका क्रममा निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ९९ वर्षीय राणाको आज मध्यान्ह १२ बजेर १३ मिनेटमा निधन भएको हो ।

कुनै देखिने समस्या नभएता पनि प्रेसर लो भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो ।

राणाले लेखेका प्रख्यात किताबहरु धेरै छन् । श्री ३ हरुको तथ्य वृत्तान्त, कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृतिहरु उनका चर्चित पुस्तक हुन् उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?