काठमाडौं । बिहीबार पनि शेयर बजारमा गिरावट आएको छ । यस दिन शेयर बजार परिसूचक नेप्से १५.९३ विन्दुले घटेर २७३४.९३ अंकमा अडिएको छ ।
नेप्से सूचकसहित कारोबार रकम पनि प्रभावित भएको छ । आज आठ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । कारोबारमा आएका १३ मध्ये दुई वटा समूहको सूचक मात्र बढेको छ । यस दिन तीन कम्पनीले सकारात्मक सर्किट लेबलमा कारोबार गरेका छन् ।
यस दिन तीन सय सात कम्पनीको एक करोड ६७ लाख ९७ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको छ । कारोबारका हिसावले नेपाल फाइनान्स अग्रस्थानमा छ । यसले ४२ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । त्यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र एलआर्इसी नेपालले कारोबार गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया