कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दोलखा गैरीमुदी घर भएकी ४७ वर्षीया कमला गोले तामाङ रहेकी छन् ।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले  ०७२ भदौ ११ गतेको फैसलाले कमलालाई १२ वर्ष कदै सजाय ठहर गरेको थियो ।

सो मुद्दामा फरार रहेकी कमलालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमाडौंको गोकर्णेश्ररबाट बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पश्चात् कमलालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?