नेटा एक्स बन्यो थाइल्यान्डमा सबै भन्दा धेरै बिक्री हुने ईभी

लोकपथ
70
Shares

काठमाडौं । चीनको बहुचर्चित अटो मोबाइल निर्माता कम्पनी नेटा एक्स ईभीले थाइल्यान्डमा दुई महिना लगातार सबै भन्दा धेरै बिक्री हुने एसयूभीको रेकर्ड बनाएको छ । थाइल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्री भएका एसयूभीहरुमा नेटा एक्स सबैभन्दा धेरै बिक्री हुने एसयूभी बनेको हो ।

थाइल्यान्डको अटो मोबाइल  क्षेत्रमा गत अक्टोबर र नोभेम्बरमा नेटाका दुई भेरियन्टहरु नेटा एक्स ४०१ कन्फर्ट तथा नेटा एक्स ४८० स्मार्टको बिक्री तथ्याङ्कलाई आधार मानिएको बताएको छ । 

थाइल्यान्डमा नेटा ब्रान्डका विभिन्न सवारी साधन बिक्री वितरण हुँदै आइरहेका छन् । चिनियाँ ब्रान्ड नेटाको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्स रहेको छ । नेपालमा नेटा भी तथा नेटा एस मोडलमा इलेक्ट्रिक कारहरू उपलब्ध रहेका छन् ।  

नेटा एक्स एक पटक चार्ज गर्दा ५०० किमीसम्म चल्न सक्छ। यसमा १८५ एमएम ग्राउन्ड क्लिअरेन्स छ जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ। सीएटीएलका अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूले नेटा एक्सलाई विश्वासिलो बनाएको छ । यसमा ८ वर्ष वा १ लाख ८०  हजार कीमीको वारेन्टी हुँदा ग्राहकमा यसप्रतिको विश्वास बढेको कम्पनीको ठहर छ ।

नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै जाँदा सीजी मोटर्सले ईभी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको छ । केही दिन अघि बागडोलमा नयाँ सर्भिस स्टेसन उद्घाटन गर्दै नेपालभरि २१ सर्भिस स्टेसनहरू तथा स्पेर पार्ट्स बिक्री केन्द्र विस्तार गरेको छ । कम्पनीले नेपालभरि २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ र यसको सञ्जाललाई अझै विस्तार गर्दै लैजाने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?