वाइडबडी प्रकरण : जीवनबहादुर शाहीलाई सफाइ, को–को भए दोषी ठहर ? (नामावलीसहित)

लोकपथ
385
Shares

काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरु टेजनारायण सिंह र रितेन्द्र थापाको इजलासले भ्रष्टाचारको ठहरसहित ४ नेपाली नागरिकसहित अन्य केही विदेशी नागरिक र कम्पनीलाई दोषी देखाएको हो ।

जसमा नेपाल वायुसेवा निगमका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र सहसचिवहरु बुद्धिसागर लामिछाने र शिशिर ढुंगाना रहेका छन् ।

विशेष अदालतले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै दामासाहीमा बिगो असुल्नेगरी फैसला गरेको हो ।

त्यसो त २०८० साल चैत २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न रहेको आरोपमा ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

मुद्धा दायर भएकामध्ये पूर्व पर्यटनमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेश सभा सदस्य जीवनबहादुर शाही लगायतका व्यक्तिहरुले सफाइ पाएका छन् ।

सफाइ पाउने अन्य व्यक्तिहरुमा नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्यहरु टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौला रहेका छन् । त्यस्तै नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक रमेशकुमार शाह र गणेशबहादुर चन्द, नेवानिका निर्देशक कर्णबहादुर थापा, वरिष्ठ क्याप्टेन सुवास रिजाल, निर्देशक प्रभाशकुमार कर्माचार्य, नायब महाप्रबन्धक जनकराज कालाखेती, निर्देशक रामहरी शर्मा सेँडाईँ, वरिष्ट क्याप्टेन रविन्द्र कुमार शेरचन रहेका छन् । त्यसैगरी सफाइ पाउनेहरु अन्यमा कायममुकायम निर्देशक श्रवण रिजाल, उपनिर्देशक पारस पौडेल, निर्देशक उमेश पौडेल, उपनिर्देशक बृहतमान तुलाधर रहेका छन् ।

त्यस्तै विभिन्न ६ विदेशी कम्पनीका व्यक्तिहरु समेत दोषी ठहरु भएका छन् भने नर्टन रोज फुलब्राइट नामक विदेशी कम्पनीका २ प्रतिनिधिहरुले समेत सफाइ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?