सोल्टी होटेलमा ‘एवन बजार’ हुँदै, स्वदेशी उत्पादनका एक सयभन्दा बढी स्टल रहने

लोकपथ
84
Shares

काठमाडौं । सोल्टी होटेलमा एवन बजार आयोजना हुने भएको छ । डिसेम्बर ७ शनिवार काठमाडौंस्थित सोल्टी होटेलमा एक्टिभ उमन अफ नेपाल (एवन) ले विगत चार दशक यता सञ्चालन गर्दै आएको एवन बजारको २०२४ संस्करण हुन लागेको हो ।

एवन बजारको अमेरिकी राजदूत डिन आर थम्पसनले उद्घाटन गर्ने कार्यक्रममा नेपालका विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरूले सहभागिता रहने एवनले जनाएको छ ।

एक सयभन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिले आफ्नो रुचिका आधारमा गरेका स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिँदै आएको छ । यस बजारमा स्टार्टअप कम्पनी, अर्ग्यानिक प्रडक्ट, विभिन्न किसिमका स्थानीय उत्पादन, फेसनवेयर, हस्तकलाका सामाग्री लगायतका स्टलहरू रहनेछन् । 

यस बजारमा बालबालिकाका लागि विभिन्न आकर्षक गेम तथा एक्टिभिटीहरु सञ्चालन हुनेछन्। एवन बजारबाट सङ्कलित रकम समेत एवनका च्यारिटेबल कार्यहरूमा खर्चिने गरिएको एवनले जनाएको छ । ७५ वर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याटस्ले सञ्चालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्थामध्ये एक हो । जुन समयसँगै अमेरिकन एम्बेसीमा सीमित नभएर नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको हो । 

एवन की प्रेसिडेन्ट बाबा सरकार श्रेष्ठले एवन बजार मनोरञ्जनका लागि मात्र नभई एउटा अवसर पनि भएको बताइन् । उनले यो बजार परोपकारी भावनाको साटासाटको लागि आयोजना गरिएको जानकारी दिइन् । 

सोल्टी काठमाडौंका महाप्रबन्धक अविनाश देशमुखले समुदायको उत्थानका लागि समर्थन गर्ने द सोल्टी होटेल्स एन्ड रिसोर्ट्सको प्रतिबद्धतासँग मेल खाने कार्यक्रम एवन बजारको हिस्सा बन्न पाउँदा निकै उत्साहित भएको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?