वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्छ : डा.शेखर कोइराला

लोकपथ
105
Shares
फाइल तस्बिर

चितवन ।  नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । 

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताएका हुन् । उनले भने, ‘नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर हुँदैन ।’फरक प्रसङ्गमा उनले वर्तमान सरकार परिवर्तन नहुने बताए ।

सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा नेता कोइरालाले जोड दिए । विआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?