काठमाडौं । दक्षिण कोरियाको सत्तारुढ पिपुल पावर पार्टीका प्रमुख हान डोङ–हुनले राष्ट्रपति यून सुक–योलले देश र जनताको रक्षा गर्न आफ्नो कर्तव्य बिर्सिएको बताएका छन् । हानले पार्टी नेतृत्वको आपतकालीन बैठकमा यो टिप्पणी गरेका हुन् ।
यूनलाई महाभियोग लगाउन विपक्षी ब्लकको दबाबको विरूद्ध लड्ने आफ्नो अघिल्लो अडानलाई उल्टाउँदै यस्तो टिप्पणी गरेका हुन् । मार्सल ल घोषणाको दिन युनले प्रमुख राजनीतिज्ञहरूलाई गिरफ्तार गर्ने आदेश दिएका थिए । यूनले राजनीतिज्ञहरूलाई पक्राउ गर्न गुप्तचर एजेन्सीहरू प्रयोग गरेको आरोप लागेको छ । यदि यूनले आफ्नो राष्ट्रपतिको कर्तव्यलाई निरन्तरता दिए मार्सल कानुन घोषणा जस्ता कार्यहरू दोहोरिन सक्ने बताइएको छ । जसले देश र जनतालाई ठूलो खतरामा पार्नसक्ने हानले बताए ।
काठमाडौं । दक्षिण कोरियाको सत्तारुढ पिपुल पावर पार्टीका प्रमुख हान डोङ–हुनले राष्ट्रपति यून सुक–योलले देश र जनताको रक्षा गर्न आफ्नो कर्तव्य बिर्सिएको बताएका छन् । हानले पार्टी नेतृत्वको आपतकालीन बैठकमा यो टिप्पणी गरेका हुन् ।
यूनलाई महाभियोग लगाउन विपक्षी ब्लकको दबाबको विरूद्ध लड्ने आफ्नो अघिल्लो अडानलाई उल्टाउँदै यस्तो टिप्पणी गरेका हुन् । मार्सल ल घोषणाको दिन यूनले प्रमुख राजनीतिज्ञहरूलाई गिरफ्तार गर्ने आदेश दिएका थिए । यूनले राजनीतिज्ञहरूलाई पक्राउ गर्न गुप्तचर एजेन्सीहरू प्रयोग गरेको आरोप लागेको छ । यदि यूनले आफ्नो राष्ट्रपतिको कर्तव्यलाई निरन्तरता दिए मार्सल कानुन घोषणा जस्ता कार्यहरू दोहोरिन सक्ने बताइएको छ । जसले देश र जनतालाई ठूलो खतरामा पार्नसक्ने हानले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया