काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार र निर्माण व्यवसायीहरूका बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो ? भन्दै प्रश्न गरे । उनले एकले अर्काको विरोध गरेर देश निर्माणको अभिभारा पूरा हुन नसक्ने बताए । उनले निर्माण व्यवसायी र सरकारबीचको साझा अभिभारा देश निर्माण भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया