काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तीन वटा वामपन्थी राजनीतिक दलका नेताहरुसँग राजनीतिक ध्रुविकरणका लागि वार्ता गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तीन वामपन्थी दलका नेताहरुसँग आज बिहान मात्रै संवाद भएको र संवाद सकारात्मक रहेको उल्लेख गरे ।
उनले वामपन्थी नेताहरू केही माओवादी आन्दोलनसँग पनि केन्द्रित रहेको र केही त्यो भन्दा बाहिरका वामपन्थी समाजवादी धारासँग सम्बन्धित रहेको उल्लेख गरे ।
यद्यपि नेताहरूको नाम भने खुलाउन चाहेनन् । वामपन्थी नेताहरूले सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको कुरा गरेको उल्लेख गरे ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्न सबै वामपन्थी एकताबद्ध हुनुपर्ने बताए । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया