रणवीर कपुरको ‘रामायण’मा लक्ष्मण बन्दै रवि दुबे

लोकपथ
98
Shares

नयाँ दिल्ली । भारतीय टिभी अभिनेता रवि दुबे रणवीर कपुरको रामायणमा देखिँदैछन् । नितेश तिवारीको फिल्म रामायणमा दुबेले लक्ष्मणको भूमिका निर्वाह गर्ने भएका छन् ।

अभिनेताले एउटा अन्तरवार्तामा फिल्ममा आफ्नो भूमिकाका बारेमा धेरै कुरा बताएका थिए । दुबेले रणवीर कपुर र साई पल्लवी स्टारर रामायणमा लक्ष्मणको भूमिका निर्वाह गर्ने भनेर पनि भने ।

यसअघि कास्टिङ डाइरेक्टर मुकेश छाबडाले लक्ष्मणको भूमिका निर्वाह गर्न सही कलाकार पाउनै गाह्रो भएको बताएका थिए । यो फिल्म सन् २०२६ /२०२७ मा दुई भागमा रिलिज हुनेछ । 

नितेश तिवारीको रामायण रिलिजअघि नै निकै चर्चामा छ । कनेक्ट सिनेसँगको कुराकानीमा दुबेले रणवीर कपूरसँग काम गर्दाको आफ्नो अनुभव शेयर गरेका छन् । साथै फिल्ममा आफ्नो भूमिकाबारे पनि उनले कुरा गरेका छन् ।

‘फिल्ममा म लक्ष्मणको भूमिका निभाइरहेको छु । अन्त्यमा, मैले निर्माताहरूबाट आफूले निर्वाह गर्न लागेको पात्रबारे केही कुरा शेयर गर्न अनुमति पाएको छु,’ उनले भनेका छन् । 

दुबेले थप भने, ‘फिल्मका निर्देशक र निर्माताको अनुमतिबिना कुनै पनि बयान दिन नचाहेकोले मैले यति समयसम्म यस विषयमा कुनै पनि बयान दिन चाहेको थिइनँ । नमित सर र नितेश सर चाहन्थे कि फिल्मका क्यारेक्टरहरूबारे कुनै पनि जानकारी साझा नगरियोस् ।’ फिल्ममा लक्ष्मणको भूमिका निर्वाह गर्नु सम्मान र जिम्मेवारी भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?