काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । मंसिर २१ गते बसेको बैंक संचालक समितिको ४३९ औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
बैंठकले शेयरधनीहरुलाई प्रस्तावित लाभांशअनुसार कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको बैंकले जनाएको छ । प्रस्तावित लाभांशअनुसार बैंकका शेयरधनीहरुले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ प्रतिफल पाउने छन् ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात तोकिएको मितिसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने छन्। हाल बैंकको चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया