तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

लोकपथ
14
Shares

तनहुँ । तनहुँ  जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सात सय ९८ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । 

विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बीमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिए । 

उनका अनुसार १९ हजार ९ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआइभी सङ्क्रमित, चार जना क्षयरोगी, छ सय ५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा भएको छ । 

अझै ५५ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेकाले जनचेतना जगाएर आबद्ध गराउने योजना रहेको संयोजक पोख्रेलले बताए । जनचेतनाको कमी र गरिबीका कारण अझै पनि ठूलो जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध हुन नसकेको उनको भनाइ छ । 

सरकारले बीमामा आबद्ध पाँच सदस्यलाई वार्षिक  एक लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । नेपालको संविधान, २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२र७३ देखि यो कार्यक्रम लागू गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?