काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । यस दिन शेयर बजार परिसूचक नेप्से ४५.९३ विन्दुले घटेर २६८९ अंकमा आएको हो।
बजार घट्दा आइतबार कारोबार रकम पनि घटेको छ । यस दिन सात अर्ब ४६ करोड तीन लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने अन्य समूहका सूचक घटेका छन् ।
आइतबार कारोबारमा आएका कम्पनीहरुमध्ये २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको घटेको छ । बाँकी रहेका तीन कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज खानीखोला हाइड्रोपावरको शेयमूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्ट लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया