काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभाको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको हो ।
आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको कांग्रेसक्त प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
गत कार्तिक २९ गते समानुपातिक कोटामा नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सभा सदस्य रहेकी विमला गौचनको निधन भएको थियो ।
निर्वाचन आयोगले पठाएको सूचना अनुसार सो पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको प्रवक्ता डा. महतले बताए ।
आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया